Logo

२४ असार,काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकता अनुसार संविधान संशोधन गरिने बताएका छन् ।

सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले काँग्रेस–एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी लगायतका दललाई साथमा लिएर अघि बढ्ने बताएका हुन् । उनले आफूहरू संविधान संशोधन दुई तिहाइ नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे ।

उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले काँग्रेस–एमाले एकैठाउमा आएको र अब सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने जिकिर गरे । उनले सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आक्रोशित रहेकाले काँग्रेस र एमाले सम्झाउने काममात्रै गरेको धारणा राखे ।

भट्टराईले ‘प्रचण्ड’लाई माओवादीको सङ्ख्याका आधारमा नभई व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा प्रचण्डले साथ दिने दाबी गरे ।

काँग्रेस–एमालेको बाटोमा सबै दलहरू हिँड्न सके शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउने, संविधानलाई गतिशिल बनाउने र मुलुकलाई सही दिशा दिने उनको भनाइ छ ।


सम्बन्धित समाचार