Logo

२५ असार,वीरगञ्ज । जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा विरुद्ध उत्प्रेषण परमादेशको आदेश दिन अस्वीकार गरेको छ ।

गत असार १० गते सम्पन्न भएको भनिएको नगरसभा नियम विपरीत रहेको भन्दै उपप्रमुख भोलाप्रसाद अधिकारीसहित वडा अध्यक्ष र कार्यपालिकाका ९१ जना सदस्यले पुनः अर्को नगरसभाको माग गर्दै नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उत्प्रेरण परमादेशको माग राखेर आइतवार उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा निवेदन दिएका थिए ।

उत्प्रेषण परमादेशको माग गर्दै परेको निवेदनमा सोमवार भएको सुनुवाइपछि न्यायाधीश भरत लम्सालको इजलासले माग दाबी अनुसार आदेश दिन इन्कार गरेको हो । नगरसभा सञ्चालन नियमावली २०७५ को नियम ५ को उपनियम ४ बमोजिम तेश्रो पटक २५ प्रतिशत कार्यपालिका सदस्यहरुबाट जीतपुरसिमराको नगरसभा सम्पन्न भएको दाबी गरिएको छ ।

निवेदकको माग बमोजिम आन्तरिम आदेश दिन इन्कार गरेको अदालतले आदेश जारी गर्न नपर्ने कुनै आधार र प्रमाण भए आगामी १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा म्याद आदेश भने दिएको छ । निवेदकको तर्फबाट अधिवक्ता श्यामबिहारी प्रसाद र दामोदर पौडेलले गरेको बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

अदालतले अन्तरिम आदेश माग बारेमा पनि छलफल पछि मात्र निष्कर्षमा पुग्न सकिने बताएको छ । निवेदकले आन्तरिम आदेशको समेत माग गरेको हँुँदा दुवैपक्षलाई छलफलमा झिकाई दुवैतर्फको कुरा सुनेपछि मात्रै आन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा निकर्षमा पुग्न उपयुक्त देखिएकोले असार २८ गते दुवैपक्षलाई झिकाउन आदेश दिएको छ ।

 


सम्बन्धित समाचार