Logo

२६ असार, रौतहट । रौतहटमा धारिलो हतियारको प्रहारबाट एक युवकको मृत्यु भएको छ । हत्या हुनेमा इशनाथ नगरपालिका वडा नम्बर ९ लवतनाका १८ वर्षीय सहबाज मियाँ आलम रहेकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आलमको शव मंगलबार राति इशनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगंैचामा फेला परेको हो । आलमलाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार भएको आशंका प्रहरीको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र अनुसन्धान तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेले बताए ।


सम्बन्धित समाचार