Logo

२६ असार,काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

काँग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् । माओवादी केन्द्रले समग्र राजनीतिक परिस्थितिको जानकारी सांसदहरुलाई गराउन पनि दलको बैठक बोलाइएको जनाएको छ ।

 


सम्बन्धित समाचार