Logo

२६ असार,काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यमा पर्ने उन्नाव नजिकै सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु घएको छ । घटनामा १९ जना घाइते भएका छन् ।

आगराबाट लखनऊतर्फ जाँदै गरेको यात्रुवाहक बस दूध बोकेको ट्यांकरसँग ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार ओभरटेक गरिरहेको बसलाई ट्याङ्करले ठक्कर दिएको थियो ।समाचार एजेन्सी पीटीआईले स्लीपर बस बिहारको सीतामढीबाट दिल्ली जाँदै थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उन्नावको बांगरमऊ सीएचसीमा उपचारका लागि लगिएको छ । गम्भीर रूपमा घाइते भएका केही यात्रुलाई लखनऊ रिफर गरिएको छ ।


सम्बन्धित समाचार