Logo

२६ असार,वीरगञ्ज । सुनसरी, सप्तरी र कपिलवस्तु जिल्लामा आज भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सुनसरी जिल्ला स्थित सुनसरी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागको बाढी पूर्वानुमान महाशाखाले बताएको हो । सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरू साँझसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यसैगरी सप्तरी जिल्लास्थित बलान खोला जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको र यो बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ४ बजेसम्मै उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ । सप्तरी जिल्लाकै खाँडो खोलाको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसो ४ बजे सम्म सतर्कता अपनाउन भनिएको छ ।

यता कपिलवस्तु जिल्लास्थित कोइली वाणागंगा खोला जलमापन केन्द्रमा बिहान जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ । सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा साँझ सम्म उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।


सम्बन्धित समाचार