Logo

२६ असार,काठमाडौं । बर्खाको समयमा खानेपानी दूषित हुने भएकाले शुद्धीकरण गरेर मात्र पिउन विज्ञहरूले आग्रह गरेका छन् ।

बर्खामा खाने पानीको मुहानमा ढल मिसिने, वर्षा भएर खाने पानीमा बाहिरको फोहोर पदार्थ मिसिएर पानी दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर पिउन सुझाएका हुन् । वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकीजस्ता पानीजन्य सङ्क्रामक रोगहरूको जोखिम बढी हुने भन्दै सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह छ ।

पानीको शुद्धतामा विशेष ध्यान दिन उनीहरुले आग्रह गरेका छन् । बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ ।

तसर्थ, पानी उमालेर पिउनुपर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउनु पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले आग्रह गरे ।


सम्बन्धित समाचार