Logo

२६ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ मा १९ अर्बभन्दा बढी रकम फ्रिज भएको छ । प्रदेश सरकारको १९ अर्ब ५२ करोड १ लाख रुपैँया फ्रिज भएको हो । अर्थात् प्रदेश सरकारको ४४ दशमलव २५ प्रतिशत रकम फ्रिज भएको हो ।

मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो जुन कुल बजेटको ५५.७५ प्रतिशत मात्र हो ।

मधेश सरकारले चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख २ खर्च गरेको छ । पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसअघि आर्थिक वर्ष २०७९/८० ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा आधा बजेट नै फ्रिज भएको थियो । उक्त वर्ष ३४ अर्ब ८८ करोड ९८ लाखमध्ये १७ अर्ब ७६ करोड ३६ लाख बजेट मात्र खर्च भएको थियो ।


सम्बन्धित समाचार