Logo

२६ असार,काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

बुधबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् ।

प्रमुख सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

 


सम्बन्धित समाचार