Logo

२६ असार,काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उक्त रेमिट्यान्स भित्रिएको बताएको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनामा गत वर्षको तुलनामा २२.७ प्रतिशतले रेमिट्यान्स भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २६२,७०५ रहेको बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो ।

११ महिनाको अवधिमा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४४३ अर्ब ६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


सम्बन्धित समाचार