Logo

२७ असार,वीरगञ्ज । रुसको सबैभन्दा आधुनिक, छैठौं पुस्ताको स्टेल्थ ड्रोन S-70 Okhotnik-B को पहिलो तस्बिर सार्वजनिक भएको छ । सन् २०१७ देखि नै यसको निर्माण र डिजाइनबारे छलफल भइरहेको थियो । अहिले यसको उत्पादन सुरु भएको छ । यसलाई सुखोई र रुसी एयरक्राफ्ट कर्पोरेशन मिगले संयुक्त रुपमा बनाएका हुन् ।

यो मानवरहित आक्रमण ड्रोनको संसारमा एक नयाँ कदम हो। यदि हामी शक्तिको कुरा गर्छौं भने, यो ड्रोनले २५० र ५०० क्यालिबर बम बोक्न सक्छ । १००० किलोग्राम निर्देशित र अनगाइडेड बम संग उड्न सक्छ । यस बाहेक यसमा हावाबाट सतह र हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रले सुसज्जित हुन सक्छ ।

यो ड्रोनले Mikoyan Scat ड्रोन र Su-57 फाइटर जेटको प्रविधिलाई संयोजन गरेको छ । यो एक भारी लडाई ड्रोन हो । यो पाँचौं पुस्ताको Su-57 लडाकु जेटसँगको संयोजनमा शत्रुको भूभागमा आक्रमण गर्न सक्षम छ । यसमा लामो दूरीका हतियारहरू प्रयोग गरेर दुश्मनको वायु रक्षालाई नष्ट गर्न सकिन्छ ।

यो ड्रोनको पखेटा लगभग ६५ फिट छ । हतियार बिना यसको वजन २० हजार किलोग्राम छ । हतियार जोडेर उडान गर्दा, यसको वजन २५ हजार किलोग्राम हुन्छ । यसको अधिकतम गति १००० किलोमिटर प्रति घण्टा छ । यो ड्रोनको कार्यक्षेत्र उत्कृष्ट छ । यो एकै पटक ६ हजार किलोमिटरसम्म पुग्न सक्छ ।

यस ड्रोनको लडाकु कार्यक्षेत्र अर्थात हतियारसहित युद्धमा उडान गर्ने कार्यक्षेत्र ३ हजार किलोमिटर रहेको छ । यसमा दुईओटा आन्तरिक हतियार बोक्न सक्छ । जसबाट २००० किलोग्राम निर्देशित वा अनगाइडेड हतियार खसाल्न सकिन्छ।


सम्बन्धित समाचार