Logo

२९ असार, वीरगञ्ज । वीरगञ्जबाट यात्रु बोकेर काठमाडौं हिँडेको र काठमाडौंबाट गौरका लागि छुटेको दुवै बस नारायणगढ मुग्लिन सडक खण्डको सिमलताल भन्ने ठाउँमा पहिरोमा परेर त्रिशूली नदीमा खस्यो ।

वीरगञ्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बसमा २४ जना र काठमाडौंबाट गौरका लागि हिँडेका गणपति डिलक्स बसमा २७ जना सवार रहेका थिए । दुवै बसमा कुल ५१ जना सवार रहेका काउन्टरले उपलब्ध गराएको विवरणमा उल्लेख छ । तर कति जना त्यसमा बच्चा लिई सवार थिए जसका कारण यकिन तथ्यांक छैन ।

गणपति बसबाट हाम फालेर पौडी खेल्दै ३ जना बाँच्न सफल भए । अन्य ४८ जनाको अवस्था अझ अज्ञात छ । कतिले ६५ जना, ५५, ५१, ४८ जना बेपत्ता रहेका र खोजी जारी रहेका समाचार सम्पे्रसन गरेका छन् ।

यसबारे जानकारी प्राप्त हुनासथ एकाएक यो सूचना समाजिक सञ्जाल फेसबुक र अन्य अनलाईन प्लेटफर्ममा स्टाटस् लेख्दै, फोटो हाल्दै जनजनमा  पु¥याईयो । तर ती समाजिक सञ्जालमा देखाइएका फोटो साँचो हुन् त ?

विचार गरौं, समाजिक सञ्जाल र विभिन्न अनलाईन मिडियामा आएका दृश्यमा बसको फाटो देखिदै छ ! के बस फेला परेको हो ? होईन नि ! घटना रातको समयको हो । बस डुब्दै गरेका ती फोटोहरु सांकेतिक हुन् भन्ने दावी गर्न सकिन्छ । तर तस्वीर राख्दा कहि कतै सांकेतिक तस्वीर हो, चित्रित तस्वीर हो भन्ने सम्प्रेसणमा उल्लेख नभएको पाइयो ।

यतिमात्र होईन समाजिक सञ्जालमा भाईरल रहेका कतिपय फोटो आकर्षक देखिएर उक्त फोटो नै समाचारसँगै फिचर ईमेजको रुपमा विभिन्न प्रख्यात र विश्वासिलो अनलाईन मिडियाहरुमा पनि झुक्किएर हालेका देखिन्छन् । कति फोटो त आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) को माध्यमबाट तयार पारेर पनि झुक्याउने खालका तस्वीर (फोटो) हालेका देखिन्छन् ।

भाईरल  तस्वीर

यो फोटोमा पहाडमा रहेको सडकको एक भाग पहिरोले क्षति पु¥याएको देखिन्छ । पहिरोले अवरुद्ध गरेको सडकको दुवैतर्फ मानिस फँसेको समेत देख्न सकिन्छ ।

यो एउटा यस्तो तस्वीर, जुन नेपालको ठाउँ हुँदै होईन तर नेपालको चितवन नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदिमा हराईरहेका बसको घटनास्थल (दुर्घटना भएको ठाउँ) संग जोडिएर निकै नै भाईरल बनाइएको छ । जुन विभिन्न प्रख्यात मिडियामा पनि प्रयोग भएको पाईन्छ ।

घटनासँग जोडिएर भाईरल बनाइएका यो तस्वीर (फोटो) वास्तवमा नेपालको हुँदै होईन, यो छवी (फोटो) कोलम्बियाको हो ।

नारायणगढ–मुग्लिङ् सडकखण्ड अन्तर्गत चितवनको सिमलतालको पहिरो भन्ने दावी गरिएको फोटो अनलाइन न्युजपोर्टल रातोपाटीले सो विपद्को समाचारसँगै राखेको थियो । तर पछि यो फोटो समाचारबाट हटाइसकिएको हो ।
यस्तै अहिले प्रायले यो तस्वीरसँगै समाचर सम्प्रेसण गरेका छन् ।

यो फोटो कहाँबाट पाईयो त ?

एक पहाडमा सडक अवरुद्द हुने गरी गएको पहिरोको फोटो नेपालको हो कि होइन यकिन गर्न यो फोटोलाई विभिन्न सर्च इन्जिनमा रिभर्स ईमेज सर्च गरेर देखियो । यस क्रममा यो तस्वीर (फोटो) नेपालको नभई मुख्यतया दक्षिण अमेरिकामा अवस्थित एउटा देश कोलम्बिया को हो । कोलम्बियामा सन् २०२२ डिसेम्बरमा गएको पहिरोको भएको विभिन्न मिडियामा भेटियो ।

यो फोटो उत्तर पश्चिमी कोलम्बियामा गएको पहिरोको भएको उल्लेख गर्दै अस्ट्रेलियाको एबीसी न्युजले ६ डिसेम्बर २०२२ मा समाचार लेखेको छ । Death toll from Colombia landslide that buried bus rises, as rescuers save nine people भन्ने शिर्षकमा यो समाचार प्रकाशित गरिएको देखिन्छ ।

यस्तै ईन्डिया डट कमले पनि 34 Killed As Landslide Swallows Bus On Highway In Colombia  भन्ने शिर्षक दिएर ६ डिसेम्बर २०२२ मा प्रकाशित गरेको छ ।

तसर्थ यो फोटो नेपालको नारायणगढ मुग्लिन सडक खण्डको सिमलताल भन्ने ठाउँ होईन । यो झुक्एिर हालिएको हुन सक्छ ।


सम्बन्धित समाचार