Logo

२९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह ले भारतको धार्मिक पर्यटकिय वाराणसी नगर निगमका मेयर अशोक कुमार तिवारी सित भेटवार्ता गर्नु भएको छ ।

शनिवार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित पुगेको प्रतिनिधिमण्डल लाई वाराणसी नगर निगमको कार्यकक्ष मा (बनारस,भारत) मेयर अशोककुमार तिवारी ले स्वागत गर्दै सम्मान गर्नु भएको थियो ।
मेयर सिंह ले वराणसीका मेयरलाई रुद्राक्ष को माला खादा र टोपी लगाएर सम्मान गर्नु भएको थियो ।

भेटघाट मा वीरगञ्जलाई धार्मिक पर्यटकिय शहर बनाउन समबन्धि छलफल भएको थियो । भारत उत्तर प्रदेशको वराणसी शहर र नेपालको बीरगन्ज महानगर पालिका बीच भगिनी सम्बन्ध विस्तार गर्न समेत छलफल भएको थियो ।

वीरगञ्जबाट प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिका का सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायत सहभागी छन्।

यसैबीच बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले भारतको धार्मिक पर्यटकिय वाराणसी स्थित नेपाली संस्कृत महाविद्यालय मा वेद , व्याकरण, शास्त्र र संस्कृत अध्यनरत नेपाली विद्यार्थीहरु सित भेटवार्ता गर्नु भएको छ ।

शनिवार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ले सम्पुर्णानन्द संस्कृत विश्वविद्यालय सित आवद्ध रहेको नेपाली संस्कृत महाविद्यालय वाराणसी का विद्यार्थीहरु र प्रचार्यसित भेट गर्न पुग्दा विद्यार्थीहरुले वैदिक मन्त्र उच्चारण गरी स्वागत गरेका थिए ।

भेटका क्रममा महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिका का सदभावना दुत अशोक वैध, वडा अध्यक्षहरु रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानु, प्रमुखका सल्लाहकारहरु लगायत को उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार