Logo

३० असार,काठमाडौं । सरकारले भारतबाट चामल आयात गर्न २० वटा कम्पनी÷फर्मलाई अनुमति दिएको छ। भारतले ९५ हजार मेट्रिक टन चामल आयात गर्न नेपाललाई कोटा तोकेको थियो। सो चामल आयात गर्नका लागि २० वटा फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

उक्त चामल आयात गर्न साल्टट्रेडिङ र नेपाल खाद्यसंस्थानले आयात गर्न अरुची देखाएपछि विभागले असार ११ गते भारतबाट तोकिएको कोटा बमोजिमको चामल आयात गर्न इच्छुक फर्म तथा कम्पनीलाई सार्वजनिक सूचना जारी गरेको थियो।

सोही अनुसार २८ फर्म तथा कम्पनीले आवेदन दिएका थिए। आवेदन दिएका२८ कम्पनीमध्ये २० फर्म र कम्पनीको आवेदन स्वीकृत भएको विभागले जनाएको छ। विभागले स्वीकृत फर्म र कम्पनीलाई सम्पर्कमा आउन समेत भनेको छ।

 


सम्बन्धित समाचार