Logo

३० असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर स्थित कृषि अनुसन्धान केन्द्रजाने क्षेत्रमा पानीको निकास नहुँदा बस्ती डुबानमा परेका छन् ।

वडा नम्बर २१ को कृषि फराम जाने सडकदेखि उत्तरतर्फका वस्तीहरुमा पानीको उचित निकास नहुँदा वस्ती डुबानमा परेको हो । समान्य पानी पर्दा समेत उक्तक्षेत्रमा जलमग्न भई घरहरु डुबानमा पर्ने गरेको स्थानीयले बताएका छन् । उत्तरतर्फको सडकमा ग्राभेल समेत नहालेको स्थानीयको भनाई छ ।

नाला र सडकमा ग्राभेल हाल्न पटक पटक स्थानीयले आग्रह गर्दा समेत वडा अध्यक्ष राधाकृष्ण रौनियारले कुनै चासो नदिएको उनीहरुको भनाई छ । सडक र नालाको निर्माण भएमा वस्ती डुबानमा नपर्ने स्थानीयको तर्क छ । वडा अध्यक्षको वेवास्ताकै कारणले कृषि फाराम रोडदेखि उत्तरतर्फको बस्ती सधैं डुबानमा पर्ने गरेको उनीहरुको भनाई छ ।


सम्बन्धित समाचार