Logo

३० असार,वीरगञ्ज । नेपाल जनता पार्टीले आन्दोलनका लागि २० हजार युवा दस्ता तयार पार्ने भएको छ । हिन्दू राष्ट्र नेपाल स्थापनाको माग गर्दै नेपाल जनता पार्टी (नेजपा)ले शुरु गरेको आन्दोलनलाई केन्द्रीत गर्दै देशभरिबाट २० हजार युवा दस्ता तयार गर्ने योजना अघि सारेको छ ।

वर्षा यामपछि मेचि महाकाली जनजागरण एवम संकल्प सभा मार्फत हिन्दू राष्ट्र स्थापनाको निर्णायक आन्दोलनका लागि देश भरिबाट जुझारु युवा छनौट गर्ने र ती युवाहरूलाई नेपाल जनता पार्टीले अन्य संघसंस्थाको सहकार्यमा विशेष प्रशिक्षण दिने जनाएको छ ।

नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता तथा वार्ता समिति संयोजक संतोषानन्द महाराजले मठमन्दिर सफाइ, धार्मिक कार्य, सामाजिक कार्य, धार्मिक एवं सामाजिक संघ–संस्थाले गर्ने कार्यमा रचनात्मक भुमिका निर्वाह गर्न नेजपा केन्द्रीय समिति तथा जिल्ला र स्थानीय तहका समितिहरूलाई अनुरोध गरेको बताउनु भयो ।

उहाँका नुसार हिन्दू राष्ट्रको लागी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको निर्णायक भुमिका हुने भएकोले काठमाडौँ उपत्यका भित्र जनजागरण कार्यक्रम,संकल्प सभा र विरोध कार्यक्रमहरु गतिलो तरीकाले गर्नु पर्ने आवस्यकता औल्याउनुभयो । समान विचारधारा भएका दल, समूह, संघ–संस्था र व्यक्तिसँग अन्तरक्रिया जारी राख्ने ।

धार्मिक संगठन, पत्रकार, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी व्यापारी लगायत बुद्धिजीवीसँग नेजपाको मुल बटम लाइन एकात्म मानववाद, सनातन हिन्दू राष्ट्र, सांस्कृतिक राष्ट्रवादबारे आम सरोकारवाला लाई ध्यान आकर्षण गराऊने कार्य जारी राख्न नेता कार्यकर्तालाई महाराजले आग्रह गर्नुभएको छ ।

त्यस्तै नारायगढ मुग्लीन सडकखण्डको सिमलतालमा दुईवटा यात्रुबाहक बस त्रिशुलीमा खसेर बेपत्ता भएको घटनाप्रति दुख व्यक्त गरेको छ । दुर्घटनामा परेका सबैको सकुशल उद्दारका लागि सम्पूर्ण शक्ति लगाएर खोजिकार्य गर्न् नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारसंग अनुरोध पनि गरेको छ । घाइतेको सम्पूर्ण उपचार एवम मृत्यु भएका नागरिकका परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेको छ । त्यसैगरी देशभरी बाढी पहिरोबाट नागरिक घरवार विहीन भएकोले उचित राहत व्यवस्था गर्न तीन तहको सरकारलाई नेजपा आग्रह गरेको छ ।

 


सम्बन्धित समाचार