Logo

फाइल तस्बिर

३१ असार, वीरगञ्ज ।  सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका ६५ यात्रु मध्ये ११ जनाको शव भेटिएको छ । खोजी र उद्धारका क्रममा हालसम्म नारायणी नदी तट र त्रिवेणी नहरबाट ११ शव भेटिएका भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज विहान थप २ जनाको शव भेटिएसँगै ११ जनाको शव भएको पुष्टी भएको छ । प्राप्त विवरणअनुसार त्रिवेणीमा आज विहान फेला परेका दुई शवको सनाखत भएको छ । एउटा शव वीरगन्जबाट काठमाडौं गइरहेको बसका यात्रु भरतपुर महानगरपालिका–२२ पटिहानी पदमपोखरीका २२ वर्षीय सुदीप विकको भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

अर्को शव भने काठमाडौंबाट गौर जाँदै गरेका बसका यात्रु रौतहट जिल्ला जमुनामाई–४ का १७ वर्षीय फिरोज राहुप मियाको रहेको डीएसपी रिजालले जानकारी दिए ।

शुक्रबार बिहान सबेरै साढे ३ बजेतिर नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा हराइरहेका छन् ।
चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए ।

जसमा तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।

सरकारले माग्यो भारत र बंगलादेशको सहयोग 

त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।

आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।

स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले अनलाइनखबरसँग भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’

भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प्रतीक्षामा रहेको बताए ।


सम्बन्धित समाचार