३१ असार, वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन नभएको मन्त्रीमण्डलमा पर्साबाट तीन जना समावेश भएका छन् ।
नेपाली कांग्रेसको संस्थापन समूहको सिफारिसमा अजय चौरसिया कानून तथा संसदीय मामिला मन्त्री बन्ने भएको छन् । उनी पर्साको निर्वाचन क्षेत्र नं. २ बाट नेपाली काग्रेसको तर्फबाट निर्वाचित सांसद हुन ।
त्यसैगरी नेकपा एमालेको तर्फबाट राजकुमार गुप्ता मन्त्री बनेका छन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पर्साको क्षेत्र नं. ३ बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन ।
पर्साबाट निर्वाचित अर्का सांसद प्रदिप यादव समेत ओली नेतृत्वको मन्त्री मण्डलमा सामेल भएका छन् । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । जनता समाजवादी पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रदिप यादवले उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी विभाजनगरी जसपामा समावेश भएका थिए ।
एमालेका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी ओलीको योजनामा अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी विभाजन गरिएको आरोप उपेन्द्र यादवले लाएका छन् । प्रदिप यस अघि प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा समेत स्वास्थ्य मन्त्री थिए । अशोक राई नेतृत्वको जसपाले एमालेको नेतृत्वमा सरकार बन्ने भएपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षीमा मतदान गरको थियो ।
उपेन्द्र यादवबाट विभाजन भएको अशोक राईको नेतृत्वको पार्टी एमालेमा जाने तयारी रहेको एमाले स्रोतले जनाएको छ । राईलाई एमालेमा विलय गराएर कांग्रेस हाराहारीको पार्टी बनाउने योजनामा केपी ओली रहेको स्रोतको भनाई छ । उनले अन्य स्वतन्त्र र केही माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पाटीमा रहेका सांसदलाई एमालेमा प्रवेश गराएर कांग्रेस भन्दा ठूलो पार्टी बनाउने योजनामा केपी ओली रहेको स्रोतले भन्यो ।