Logo

३१ असार,वीरगञ्ज । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको लागि प्रशासनिक भवन र ग्लोवल पार्क निर्माणको लागि जग्गा उपलब्ध गराउने निर्णय गरेका छन् ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ को दफा ४ (१) मा नेपाल सरकारको नाममा रहेको कुनै सरकारी जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा उपयोगको लागि दिन सकिनेछ भन्ने व्यवस्था उल्लेख भएको एवं सोही कार्यनीतिको दफा ४(२) मा कुनै सरकारी निकायलाई सरकारी जग्गा आवश्यक भएमा देहायका निकायले सिफारिस सहित कार्यालयमा लेखी पठाउनु पर्ने नीतिगत व्यवस्था रहेकोले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।

स्थानीय तहको हकमा कार्यपालिकाको निर्णय सहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिस गर्नुपर्ने व्यावस्था अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको मिति २०६१ जेठ २० गतेको कार्यपालिकाको बैठकबाट जग्गा प्राप्तिको सिफारिसको लागि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने निर्णय गरेको र लुम्बिनी साँस्कृतिक नगरपालिका, रुपन्देहीको च.नं.४२२० मिति२०८१ जेठ ३१ को पत्रबाट आवश्यक कागजात संलग्न गरी जग्गा सिफारिसको लागि अनुरोध भई आए अनुरुप नै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई सिफारिस सहित लेखि पठाउन पहिलो निर्णय गर्नुभएको मन्त्री गुप्ताका स्वकीय सचिव महम्मद नेजामले बताए ।


सम्बन्धित समाचार