Logo

विमलबहादुर बिष्ट-रासस

३१ असार,काठमाडौं। नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको वस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री लेखकले सिमताल घटनाको अध्ययन गर्नका लागि सहसचिव छवि रिजालको नेतृत्वमा समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। त्यस्तै उनले नेपाल प्रहरीको अपराध नियन्त्रण कार्ययोजना समेत स्वीकृत गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

सो क्रममा उनले प्राकृतिक प्रकोपका कारण देशभरमा भइरहेको जनधनको क्षति रोक्नका लागि ध्यान केन्द्रीत गर्ने बताए। उनले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा प्रभावकारी काम गर्नका लागि आवश्यक कार्ययोजना बनाएर नै अघि बढ्ने जानकारी दिए।

मन्त्री लेखकले विधिको शासन, शान्ति सुरक्षा, अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने उल्लेख गरे। सरकारको प्राथमिकता राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण सुशासन, अर्थमन्त्रको समस्या समाधानमा रहने उनको भनाइ छ।

उनले अहिलको व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि संविधान संशोधनका लागि पहल गरिने धारणा राखे।

 


सम्बन्धित समाचार