Logo

३१ असार,काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् । सोमबार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको भएकाले लामो समय चल्ने बताए ।

उनले अहिलेको सरकार ’डबल इन्जिन’को सरकार भएको पनि बताए । ’डबल इन्जिन’को सरकारलाई पछाडिबाट अर्को इन्जिनले पनि साथ दिइरहेकाले आफ्नो अवधिसम्म चल्ने उनको भनाइ छ ।

“यो सरकार लामो चल्छ, किनकि यो केपी ओलीको सरकार हो । डबल इन्जिनको सरकार छ । यो इन्जिन एकदम झकासले चल्छ । हामी तेस्रो इन्जिनले धक्का दिइरहेका छौँ । यो सरकार आफ्नो अवधिसम्म चल्छ । डबल इन्जिनको सरकारलाई सफल बनाऔँ,“ यादवले भने ।

उनले सरकारलाई सफल बनाउन मन्त्रालयका सचिव र कर्मचारीलाई पनि आग्रह गरे ।


सम्बन्धित समाचार