Logo

३१ असार,काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन्। सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले सोमबार दिउँसो पदभार ग्रहण गरेकी हुन्।

पदभार ग्रहणपछि उनले राष्ट्रिय दिवसमा मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन्। यो उनको पहिलो निर्णय हो। यसअघि राजतन्त्र हुँदा सम्मा मात्रै यो प्रचलन थियो।

त्यसअघि उनले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर स्व. नेता बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकी थिइन्। प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

६२ वर्षीया आरजु नेपाली काँग्रेसकी समानुपातिक सांसद हुन् । काँग्रेस र एमालेको गठबन्धन निर्माणमा उनको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ ।

एमाले अध्यक्ष ओलीसँग ‘निर्णायक’ वार्ता गर्न उनी श्रीमान् देउवासँगै बालकोट पुगेकी थिइन् । देउवाका श्रीमान्–श्रीमती गत १५ असारको राति ओली निवास छिरेर लामो वार्तालाप गरेपछि नै राजनीतिमा नयाँ ट्वीस्ट आएको थियो ।


सम्बन्धित समाचार