Logo

१ साउन,वीरगञ्ज । वीरगञ्ज पथलैया सडकखण्डको हिमाल आइरन र भारत भेन्च कम्पनी अगाडि यात्रु वाहक दुर्घटना भएको छ । वीरगन्ज नारायणगढ भैरहवा चल्ने बस जीतपुर सिमरा वडा नम्बर २३ मा पर्ने भारतबेन्च कम्पनी अगाडि घुम्तीमा दुर्घटना भएको हो ।

बस दुर्घटनामा घाईते भएका एकजनाको अवस्था गम्भीर रहेको छ । घाईतेको संख्या भने अहिले खुलेको छैन ।

हेटौडातर्फबाट तीब्रगतिमा आईरहेको ना ७ ख ६०७६ नम्बरको बस घुम्तीमा अनियन्त्रीत भई पल्टिएको हो । घाईतेहरुलाई गण्डक स्थित मेडिसिटी बयोधा अस्पताल र नारायणी अस्पतालमा लगिएको छ ।


सम्बन्धित समाचार