Logo

१ साउन,न्यूयोर्क । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले साइबर सुरक्षा स्टार्ट अप कम्पनी ‘विज’ किन्ने भएको  छ ।

विज किन्नका लागि गुगलको मातृ कम्पनी अल्फाबेट र विजबीच छलफल भइरहेको यस मामिलाबारे जानकार स्रोतलाई उदृत गर्दै सीएनएनले समाचार छापेको छ । समाचारका अनुसार यसका लागि गुगल २३ अर्ब डलर भुक्तानी गर्न राजी भएको छ ।

विजले क्लाउड कम्प्युटिङका लागि साइबर सुरक्षा सफ्टवेयर बनाउँदै आएको छ । यो गुगलको अहिलेसम्मकै सबैभन्दा ठुलो एक्विजशन हुने बताइएको छ । यो वर्षको सुरुमा विजले भेञ्चर क्यापिटल लगानीकर्ताहरूबाट १ अर्ब डलर उठाएपछि गुगल र कम्पनीबीच एक्विजशनबारे छलफल सुरु भएको थियो । अहिलेसम्म एक्विजिशनका सर्तहरू निर्धारण भइसकेका छैनन् । वार्ता बिचमै रहेकोले यो असफल पनि हुन सक्ने बताइएको छ । यस खबरबारे गुगल र विज दुबै पक्षले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

गुगलको अहिलेसम्मको सबैभन्दा ठुलो एक्विजिशन मोटोरोला हो । एक दशकअघि कम्पनीले साढे १२ अर्ब डलर हालेर मोबाइल बनाउने कम्पनी मोटोरोला किनेको थियो । तर ठुलो क्षति बेहोरेपछि २ वर्षमै गुगलले मोटोरोला बेचिदियो ।

हालैका वर्षमा क्लाउड सेवाको प्रयोग व्यापक भइरहेको छ । यस्तोमा यसको सुरक्षा कम्पनीका लागि सबैभन्दा मुख्य चिन्ता बनेको छ ।एजेन्सी


सम्बन्धित समाचार