Logo

१ साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले राज्यले अझैपनि शिक्षाक्षेत्रलाई पहिलो प्राथामिकतामा राख्न नसकेको बताउनु भएको छ ।

मधेस विश्व विद्यालय वीरगन्जमा आज सरोकारवालाहरुसँग भएको संक्षिप्त भेटघाटमा मधेस विश्व विद्यालयका सहकुलपति समेत रहनुभएका उहाँले शिक्षा क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेर नीति नबनाए देशको विकास हुन नसक्ने बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रको विकास भएन भने कुनैपनि क्षेत्रको विकास सम्भवन नरहेको आफ्नो बुझाई रहको भन्दै शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु नै देशको लागि दुर्भाग्य रहेको बताउनुभयो । संघीयता कार्यान्वयन आएको सातबर्षमा पनि स्थानीय तहका सरकारहरुले शिक्षा क्षेत्रमा गरेको बजेट विनियोजन निकै निराशाजनक रहेको बताउनुभयो ।

चालू आर्थिक बर्षका लागि मधेस प्रदेशले ल्याएको बजेटमा पनि शिक्षा क्षेत्र प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । मधेस प्रदेशमा अहिले नेतृत्व गरेको दल जनमत पार्टीका मुख्यमन्त्रीलाई बारम्बार आपूmले शिक्षालाई प्राथामिकतामा राख्न र पर्याप्त बजेट विनियोजन गर्न माग गर्दा पनि शिक्षामा बजेट संतोषजनक नरहेको बताउनुभयो ।

संघीय सरकारले पनि उच्च प्राथमिकतामा राख्न नसकेको भन्दै मन्त्री लेखीले शिक्षा राज्यको छैटौं प्राथमिकतामा मात्रै परेको बताउनुभयो । अघिल्लो सातबर्षमा पनि मधेस प्रदेशमा शिक्षा नीति बन्न नसके जानकारी गराउदै मन्त्री लेखीले आफूले मन्त्रालयमा पदभार ग्रहण गरेको दिन शिक्षा नीति बनाउने पहिलो निर्णय गरेको बताउनुभयो ।

शिक्षा नीति निर्माणका लागि ११ सदस्यीय समिति समेत बनाएको जानकारी गराउँदै त्यसको केही बैठक र कार्यक्रम अगाडि बढाएको बताउनुभयो । बजेटले मात्रै सबै कुरा नहुने भन्दै मन्त्री लेखीले ईच्छाशक्ति र दृढसंकल्पका साथ सीमित साधन स्रोतको उचित परिचालन गरी शिक्षाक्ष्ोत्रको विकास गर्न सकिने बताउनुभयो ।

उहाँले आफू राम्रो गर्न सक्छु भन्ने आत्म विश्वासका साथ अगाडि बढेको पनि बताउनुभयो । सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु शिक्षालाई कसरी राम्रो गर्ने भन्नेमा ध्यान नदिएर पर्खाल र पूर्वाधारहरूमा ध्यान दिने गरेको प्रति पनि आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।

उहँले मधेस विश्वविद्यालयको विकासका लागि बजेटको कमी हुने नदिने बताउदै स्रोत व्यावस्थापन गर्ने आश्वासन दिनुभयो । मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य वीणा शर्मा, नेकपा एमाले पर्साका सचिव महेश दास, एमाले नेता सुन्दरकुर्मी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मधेस विश्व विद्यालयका रजिष्टार विजय यादवले गर्नुभएको थियो ।

कार्यक्रमपछि मन्त्री लेखीले मधेस विश्वविद्यालयको प्रशासनिक भवन, कक्षा तथा भौतिक पूर्वाधारको अवलोकन समेत गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार