Logo

फाइल तस्बिर

२ साउन, वीरगञ्ज । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सिमलतालमा गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन आएको छ ।

सो टोलीले घटनास्थलको प्रकृति, भूबनोट, सडकको अवस्था लगायतका विषयमा अध्ययन र अहिलेसम्म भैरहेको खोज तथा उद्धारको बारेमा जानकारी लिने छ ।

त्यसलगत्तै जिल्ला प्रशासन कार्यालय चितवनमा अन्य सरोकारवालासँग छलफल गर्ने तयारी अध्ययन टोलीको छ ।

नवनियुक्त गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न रिजालको संयोकजत्वमा कार्यदल गठन गरेका थिए । कार्यदललाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।


सम्बन्धित समाचार