Logo

फाइल तस्बिर

२ साउन, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले १७ लाख ६६ हजार ४२५ रुपैया बराबरको अबैध तथा भन्सार छलिका सामान भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरीले वीरगञ्ज १६ भन्सार क्षेत्र तथा अन्य बिभिन्न नाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलिका किराना, कपडा, मोटरपाट्स, हार्डवयर, जुत्ता÷चप्पल, स्याउ, खजुर र समान्य औषधी मंगलबार बरामद गरेको छ ।

यसमा प्रयोग भएका १० वटा साईकल पनि नियन्त्रणमा लिएको । साईकल सहित उक्त समानको मुल्यांकन १४ लाख ४७ लाख ६ सय १५ रुपैया गरिएको छ । यस्तै प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटेका प्रहरी टोलिले वीरगञ्ज बाईपास रोडको एक गोदामबाट अबैध रुपमा भन्सार छलि गरि ल्याइएका मल बरामद गरेको छ ।

विशेष सुचनाको आधारमा रिमा अग्रवालको घरको दोश्रो तल्लामा भग्वान यादवले गोदाम गरी राखि राखेका मोनोजिंक मल ८९६ किलो र बोरा सिलाउने मेसिन नियन्त्रणमा लिई ३ लाख १८ हजार ८०० रुपैया मुल्यांकन गरि आवश्यक कारवाहिको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।


सम्बन्धित समाचार