Logo

२ साउन,काठमाडौँ । लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ ।

आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर कार्य तालिका सार्वजनिक गरेको हो ।

जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । जारी सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको आवश्यकताअनुसार बढुवा गरिने उल्लेख छ ।

 


सम्बन्धित समाचार