Logo

३ साउन, काठमाडौं । काभा युथ–ट्वान्टी महिला भलिबल च्याम्पियनसिप आजदेखि माल्दिभ्मा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

चार टोली सम्मिलत प्रतियोगिताको दोस्रो खेल भोलि कीर्गिस्तानसँग हुनेछ भने तेस्रो खेल शनिवार माल्दिभ्ससँग खेल्नेछ । समुह चरणका खेल सकिएपछि सेमिफाइनल हुनेछ ।

लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग सेमिफाइनल खेल्नेछ । सेमिफाइनलका विजेताहरुबीच फाइनल खेल हुनेछ । नेपाली टोलीको कप्तानी जेनिशा विश्वकर्माले गरेकी छन् । मुख्य प्रशिक्षकको जिम्मेवारीमा कुमार राई रहेका छन् ।

नेपालले पहिलो पटक उमेर समूहको काभा युथ–ट्वान्टी च्याम्पियनसिप खेल्न लागेको हो । यो प्रतियोगिता पछि नेपालले यही उमेर समुहमा पुरुषतर्फको प्रतियोगिता पनि खेल्नेछ ।


सम्बन्धित समाचार