Logo

३ साउन,वीरगञ्ज । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट खर्च गर्न आजदेखि नै खुल्ला भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट खर्च अख्तियारी दिएसंगै बजेट खर्च गर्न सहज भएको हो ।

अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न सबै मन्त्रालय तथा प्रमुखहरुलाई एक पत्र लेख्दै अधिकार दिएपछि बजेट खर्चको बाटो खुलेको हो । मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरिएको छ ।

प्रदेशका मुखिया एवम अर्थमन्त्रीको समेत नेतृत्व लिएका सतिस सिंहले सबै मन्त्रालयलाई आजैदेखि बजेट खर्च गर्न निर्देशन दिएको बताए । मुख्यमन्त्री सिंहले सबै मन्त्रालय, कर्मचारी तथा विभागीय प्रमुख एक पत्र लेख्दै बजेट रकम खर्च गर्न निर्देशन दिएको बताए ।

स्रोतका अनुसार मुख्यमन्त्री सिंहले २ साउनदेखि बजेट खर्च गर्न अख्तियारी दिएका हुन । बजेट खर्च गर्न बनाइएको गाइडलाइनसहित काम गर्न अख्तियारी दिइएको बताइन्छ ।

सुशासनका लागि बजेट खर्चको गर्न अख्तियारी दिइएको मुख्यमन्त्री सिंहको भनाइ छ । उनी भन्छन्, ‘ बजेट समयमा नजाँदा काम प्रभावित हुन्थ्यो, यो सत्य कुरा हो । कर्मचारीहरुले काम गर्न खाली बस्थे । अख्तियारी आएको छैन भन्दै काम गर्दैन्थे । यही सबै कारणलाई मध्यनजर गरी आर्थिक वर्ष सुरु भएसंगै काम गर्ने अख्तियारी प्रदान गरिएको हो ।’

अघिल्लो सरकारले असोजपछि मात्रै बजेट रकम खर्च अख्तियारी दिने गरेको सरकारको रेकर्डमा उल्लेख छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि ४३ अर्ब भन्दा बढीको बजेट ल्याएको छ ।


सम्बन्धित समाचार