Logo

४ साउन, वीरगञ्ज । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सामेल भएका छन् ।

जनमत नेतृत्वको मधेस सरकारलाई समर्थन दिएको कांग्रेस र लोसपाका मन्त्रीहरूले शपथ लिएसँगै मधेस सरकारमा सामेल भएका हुन् ।

मधेस सरकारमा कांग्रेसबाट ४ जना र लोसपाबाट १ जना सहभागी भएका छन् । कांग्रेस र लोसपाबाट नवनियुक्त मन्त्रीहरूलाई बिहीबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी छिन् ।

कांग्रेसबाट अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दन क्षेत्री, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर रायले शपथ ग्रहण गरेका हुन् ।

लोसपाबाट रानी शर्मा तिवारीले शिक्षा तथा संस्कृति मन्त्रीको शपथ लिएकी छन् । एमालेका राजकुमार लेखीले सो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । लेखीलाई गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


सम्बन्धित समाचार