Logo

४ साउन, वीरगञ्ज । भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएर वीरगञ्जमा भण्डार गरि राखिएका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैयाका विभिन्न घरमा खोजतलास गरि प्रहरीले भारतबाट भन्सार छली लुकाईछिपाई राखेका १३ लाख १० हजार ३ सय बराबरको सामान नियन्त्रणमा लिएको हो ।

खोजतलासको क्रममा प्रहरीले कुर्था सुरुवाल, साडि लगायत थानको अन्य कपडाहरु फेला परेर नियन्त्रणमा लिएको जनाईएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी नायव उपरिक्षक बिश्वराज योन्जन र सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालको कमाण्डमा खटिएको सशस्त्र प्रहरी बल, नेपालको ठुलो टोलि तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक बिजय चौहानको कमाण्डमा ४३ जनाको संयुक्त टोलि खटेका थिए ।

वीरगञ्ज भन्सार कार्यालय पर्साका ना.सु. बिष्णु प्रसाद चौधरी समेतको सहभागितामा उक्त समान नियन्त्रणमा लिई आवश्यक कारावाहीको लागी बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरिक्षक बिश्वराज योन्जनले बताए ।

योन्जनले भने “भारतबाट अबैध रुपमा सामान भन्सार छली लुकाई छिपाई ल्याई भण्डारण गर्न सक्ने सम्भावित स्थान तथा सवारी साधनहरुमा यस किसिमको संयुक्त छापामारी आँउदा दिनहरुमा समेत निरन्तर जारी राखिने छ ।”


सम्बन्धित समाचार