Logo

४ साउन, वीरगञ्ज । पर्सा प्रहरीले ५ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले बीरगन्जको रजतजयन्ती चोकबाट भन्सार छलीका लत्ताकपडा र खाद्यान्न बरामद गरेको हो ।

प्रहरीको टोलीले ५ लाख ३ सय रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दीपक भारतीले जनाए ।

बरामद भन्सार छलीका सामानहरु आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार