Logo

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव बिष्णु ज्ञवालीलाई चेत कुमार पोखरेललाई हाजिर नगराउने जानकारी सहितको पत्र दिदै जीतपुरसिमराका प्रमुख राजन पौडेल

४ साउन, बारा । राजनीतिक स्वार्थमा जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राजकुमार गुप्ताले पद वहाली गरे लगत्तै जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हटाउने निर्णय विवादीत बन्न पुगेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई २ महिना नपुग्दै हटाएर आर्थिक अनियमताको आरोप लागेका अधिकृत चेत कुमार पोखरेललाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा जीतपुर सिमरा पठाउने निर्णयले मन्त्री गुप्ता विवादीत वन्न पुगेका हुन ।

जीतपुर सिमरा उपमहनगरपालिकामा २ बर्ष ६ महिना तत्कालीन प्रमुख प्रशासकियको रुपमा काम गरेका पोखरेल विरुद्ध विना इजाजत वन पैदावर ओसारपसार गरेको आरोपमा डिभिजन वन कार्यालय बारामा मुद्दा विचाराधिन रहेको अवस्थामा उनलाई मन्त्रीको ठाडो आदेशमा पुन जीतपुरसिमरा पठाउने निर्णय भएको हो ।

जीतपुर सिमराका मेयर राजन पौडेलले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र लेख्दै भ्रष्टाचारको मुद्दामा आरोपित अधिकृतलाई उपमहानगरपालिकामा हाजीर नगराउने जानकारी दिएका छन् । मेयर पौडेलले मन्त्रालयले कानून विपरित पठाउन खोजेको अधिकृत हाजीर नगराउने जानकारी दिएपछि मन्त्री गुप्ताको कर्मचारी सरुवा सम्वन्धी पहिलो निर्णय विवादमा परेको छ ।

उर्मिला काफ्लेको दुई महिना नपुग्दै मन्त्रालयले सरुवा गरेको पत्र पठाएपछि जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा बदर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायललाई अनुरोध गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको भन्दै उपमहानगरपालिकाका प्रमुख पौडेलले सरुवा बदर आग्रह गरेका हुन ।

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई प्रशासन समूहका उप–सचिव उर्मिला काफ्लेलाई बैशाख २८ गते मन्त्रालयले पठाएको थियो । मन्त्रालयले अहिले प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई सरुवा गरेर काफ्लेको ठाउँमा पुनः चेत कुमार पोखरेललाई पठाएको पत्र पठाएको छ ।

उपमहानगरपालिकाका प्रमुख पौडेलले २ महिनामै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा उपमहानगरपालिकामा प्रशासनिक अस्थिरता रहने जानकारी गराउदै तत्कालका लागि काफ्लेको सरुवा रोक्न आग्रह सहित मन्त्रालयलाई आग्रह गरेका छन् ।

संघीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा २÷२ वर्षमा गर्ने नीति लिएको छ । उक्त नीति यहि असार २५ गते मात्रै पास भएको छ । नीति पास भएको मापदण्डको मसी सुक्न नपाउँदै प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नु उचित नभएको प्रमुख पौडेलेको भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेले सरुवाको लागि मन्त्रालयमा सरुवाको लागि निवेदन समेत नदिएको अवस्थामा कसरी र के का लागि ३ महिना नपुग्दै सरुवा गराईयो ? भन्ने प्रश्न गर्दै प्रमुख पौडेलले सरुवा बदर गराई हाललाई उर्मिला काफ्लेलाई प्रमुख प्रशासकीय अधिकृतकको रुपमा कायम राख्न मन्त्रालयलाई अनुरोध गरेका छन् ।

कर्मचारीको सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड, २०८१ को दफा १२ र १३ बमोजिम समेत सरुवा हुनपर्ने कारण समेत नभएको प्रमुख पौडेलले जिकिर गरेका छन् । मन्त्रालयकै असार ९ गतेको सूचना अनुसार अर्को निर्णय नभएसम्मको लागि कर्मचारी सरुवा स्थगित गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा उपमहानगरपालिकाले नगरसभा सम्पन्न गरेको विषयसँग जोडिएको छ । जीतपुर सिमरा उपमहानगरापलिकाको ने.क.पा.(एमाले) बाट निर्वाचित भएका केही जनप्रतिनिधिहरुले आफ्नो स्वार्थको लागि नगरसभा हुन रोकिरहेको अवस्थामा पनि उपमहानगपालिकालाई बन्दीको घेराबाट निकास दिन र संवैधानिक कर्तव्य पुरा गर्दै दशौं नगरसभा सम्पन्न गराउनको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले सदस्य–सचिवको रुपमा भूमिका खेलेकी थिईन् ।

उक्त कुरा नगर प्रमुख पौडेलले जानकारी पत्रमा पनि उल्लेख गरेका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको विषयमा अदालतमा समेत प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा परेकोले हालको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्न नमिल्ने देखिएको पत्रमा उल्लेख छ ।

सरकार परिवर्तनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजनीतिक नेतृत्व परिवर्तन भएको र आफू ने.क.पा.(माओवादी केन्द्र) बाट निर्वाचित प्रमुख भएकोले राजनीतिक प्रतिशोध साँध्नकै लागि कानून मिचेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको प्रमुख पौडेलको तर्क छ ।

निजामति सेवा नियमावली,२०५० को नियम २७ को सरुवाको व्यवस्था र नियम ३६ को सरुवाको समय तालिका र सरुवाको आधारहरु मिचेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको पाईएको छ ।
हाल जीतपुर सिमरा उपमहानगरमा सरुवा गरिएका चेत कुमार पोखरेल यसअघि २ वर्ष ६ महिना जीतपुर सिमरा उपमहानगरपालिकामा नै कार्यरत रहँदा मुद्दा नं.०७७–४७ बिना इजाजत वन पैदावर ओसारपसार गरेको मुद्दा परेको र अहिले उक्त मुद्दा डिभिजन वन कार्यालय, सिमरा, बारामा विचाराधिन रहेको पनि खुलाईएको छ ।

शिक्षा समूहका उप–सचिव चेत कुमार पोखरेललाई पुनः प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाई पठाउँदा विभिन्न स्वार्थ बाँझिने देखिएकोले उनलाई उपमहानगरपालिकामा हाजिर गराउन नसकिने समेत नगर प्रमुख पौडेलले मन्त्रालयमा जानकारी गराएका छन् ।

मन्त्रालयले बनाएको दरबन्दी तेरिज अनुसार उपमहानगरपालिकामा प्रशासन सेवाको सह–सचिव पदको दरवन्दी भएकोले शिक्षा सेवाको उपसचिव चेत कुमार पोखरेललाई कामकाजको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले नस्वीकार्ने समेत जनाएको छ ।

एमालेको रोजाईमा चेतकुमार किन ?

तत्कालीन प्रमुख कृष्ण पौडेलको कार्यकालमा जीतपुर सिमराको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका चेत कुमार पोखरेल दोश्रो कार्यकालका मेयर राजन पौडेलको समयमा समेत ६ महिना अधिकृतको रुपमा रहेका थिए ।

अघिल्लो मेयरको समयमा .जीतपुरसिमरामा भ्रष्टाचारका दजर्नौ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । नदी जन्य उत्खन र वन पैदावर निकासी सम्वन्धी निर्णयमा चेत कुमार पोखरेलका निर्णय विवादीत बन्न पुगेका छन् । उनका कतिपय निर्णय गैर कानूनी भएको भन्दै उजुरी परेका छन् । ती मुद्दाहरु अहिले पनि विचराधिन अवस्थामा रहेका छन् ।

एमाले संसदीय दलको कार्यालयमा एमालेका कार्यकर्ता सहित जीतपुर सिमरा पठाउन खोजिएका अधिकृत चेतकुमार पोखरेल रातो घेरा भित्र

चेत कुमारलाई जीतपुर सिमराका उप प्रमुख भोला प्रसाद अधिकारी समेतको योजनामा जीतपुर ल्याउन खोजिएको हो । उनलाई एमालेका प्रमुख सचेतक महेश बतौतासँग भेट गराई एमालेको योजनामा काम गर्न निर्देशन दिइएको स्रोतको भनाई छ । उनी जीतपुर सिमरामा एमालेबाट निर्वाचित जनप्रतिनिधिसँगै बतौलालाई भेटन गएको तस्वीर स्वंय बतौलाले सार्वजनिक गरेका छन् ।

एमालेको मुख्यालय देखि संसदीय दलको कार्यालय सम्म पुगेर जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हत्याउन खोजेका पोखरेललाई हालै नगरसभाले पास गरेको बजेट कार्यान्वयन गर्न नदिने शर्तमा पठाउन खोजिएको दावी स्रोतको छ ।

जिल्ला शिक्षा इकाई कार्यालय धनुषामा कार्यरत पोखरेललाई जीतपुर सिमरामा ल्याउन खोज्ने स्वार्थ समूहको कारण फेरि उपमहानगरपालिकाको विकास निर्माणका काम ठप्प हुने स्थिती देखिएको छ ।

एमालेका प्रमुख सचेतक महेश बतौलाको फेसबुमा राखिएको तस्वीर जहाँ एमाले कार्यकतासँग अधिकृत चेतकुमार पोखरेल


सम्बन्धित समाचार