Logo

५ साउन, वीरगञ्ज । गत आर्थिक वर्ष (आव) २०८०/८१ म पनि वीरगञ्ज भन्सारले राजश्व लक्ष्य पुरा गर्न सकेको छैन ।

अधिकारीहरु भन्छन् “वैदेशिक व्यापार मा कमि आयो, जसका कारण लक्ष्य अनुसारको राजश्व उठाउन सकेन ।”

वीरगञ्ज भन्सारले गत आवका लागि २ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर १ खर्ब ५७ अर्ब ४० करोड रुपैयाँ मात्रै संकलन गरेको वीरगञ्ज भन्सारका सूचना अधिकारी रघुलाल कर्णले बताए ।

भन्सार कार्यालयले तोकिएको लक्ष्यमध्ये ६४ दशमलव १६ प्रतिशत राजस्व संकलन गरेको छ । जुन लक्ष्यको तुलनामा करीब ३६ प्रतिशत कम हो । अघिल्लो आव २०७९/८० को तुलनामा भने बढी राजश्व संकलन भएको कर्णको भनाई छ । त्यस वर्ष वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यको ६० प्रतिशत अर्थात १ खर्ब ५७ अर्ब १५ करोड राजश्व रकम उठाएको वीरगञ्ज भन्सारले उठाएको थियो ।

पछिल्लो समयमा वैदेशिक व्यापारमा तुलनात्मक सुधार आएको प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी बताउँछन् । चालु आवका पछिल्ला महीनाहरूमा व्यापारमा तुलनात्मक सुधार देखिए पनि बजारमा ‘विश्वास’ सृजना हुन नसकेको बुझाइ उनको छ ।

वीरगञ्ज नाकाबाट मुख्यतः सवारी साधन, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थको आयात हुन्छ । निकासी व्यापारमा जुस, प्रशोधित तेल, कपडा, धागोलगायका उत्पादन पर्दछन् । यी सबै बस्तुको आयात र निर्यात घटेको भन्सारले बताएको छ ।


सम्बन्धित समाचार