Logo

फाइल तस्बिर

५ साउन,वीरगञ्ज । बारा प्रहरीले नक्कली नेपाली नोट सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ को छठु गिरी रहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका वडा नं.२ महुवाहीबाट नयकाटोल तर्फ जादै गरेको अनटेष्ट होण्डा साईन मोटरसाईकलमा रहेका गिरीलाई रोकेर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको एक हजारको नेपाली नोट ८५ हजार बरामद गरेको हो । नक्कली नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

नक्कली नेपाली नोट सहित पक्राउ परेका रिगीलाई खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार