Logo

६ साउन, काठमाडौं । चीनमा एउटा पुल भत्किएर पुलमाथि गुडिरहेको सवारी साधन नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । घटनामा तीस जनाभन्दा बढीलाई नदीले बगाएको छ । उनीहरुको खोजी कार्य जारी छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सानक्सी प्रान्तको साङ्लुओ नदी माथिको पुल अविरल बर्षाका कारण भत्केको हो । पुलमाथि गुडिरहेको २० भन्दा बढी सवारी साधन नदीमा खसेकोमा केहीले भने पौडेर ज्यान जोगाएका छन् । नदीले केही सवारीसाधनलाई समेत बगाएको छ ।

३ वर्षअघि मात्रै बनेको उक्त पुल नयाँ भएतापनि बाढीका कारण क्षतिग्रस्त भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा सबै नदीमा खसेका गाडीमा सवारहरु रहेका छन् ।

हराएकाहरुको खोजीका लागी एक सयभन्दा बढी उद्धारकर्मीहरु परिचालन गरिएको छ । यद्दपी अविरल वर्षाका कारण उद्धारकार्य प्रभावित भएको छ । घटनाका कारण पुलका अधिकांश भाग टुक्रिएको छ ।


सम्बन्धित समाचार