Logo

६ साउन,वीरगञ्ज । सुनको मूल्य आइतबार प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ४७ हजार ५०० मा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४६ हजार २०० निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार ८०० मा कारोबार भएको तेजाबी सुन आइतबार एक लाख ४५ हजार ५०० निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आइतबार प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार ८३० मा कारोबार भएको चाँदीको मूल्य आइतबार एक हजार ८१० निर्धारण भएको छ ।


सम्बन्धित समाचार