Logo

६ साउन,वीरगञ्ज । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगञ्जको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले बताए ।

वीरगञ्ज महानगरपालिकाको आयोजना र साहिब दरबार वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा विभिन्न जातका विरुवा रोपिएको हो । महानगरपालिकाले शंसानघाटलाई स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ ।

यस्तै आइतबार नै वडा नं. २१ परवानीपुर स्थित शंसानघाट परिसरमा पनि वृक्षारोपण गरिएको छ । वृक्षारोपण गर्दै महानगर प्रमुख सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान गर्नुभयो ।


सम्बन्धित समाचार