Logo

६ साउन,काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले वृद्धभत्ता खानेलाई राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था हटाउन माग गरेका छन् ।

नागरिकता हुनेलाई पनि राष्ट्रिय परिचयपत्र खोजिएको गुनासो आएको भन्दै पन्तले आइतबारको प्रतिनिधिसभाको बैठकमा यस्तो अप्ठ्यारो हटाउन माग गरेका हुन् ।

‘वृद्धभत्ता लिन नागरिकता काफी छ । दिनहुँ लाइनमा बस्नुपर्ने किन आवश्यकता भयो ? गृहमन्त्रालयको ध्यान छिट्टो जाओस्,’ पन्तले भने, ‘७० वर्ष माथिकालाई परिचय पत्र दिन बाध्यकारी बनाउन आवश्यक छैन । छिटो परिपत्र पठाएर सच्याउनुपर्छ ।’

राष्ट्रिय परिचयपत्र लामो आयु भएका युवालाई दिनुपर्ने भन्दै उनले ६५÷७० वर्ष नाघेकालाई दिन आवश्यक नभएको उनको भनाइ थियो ।


सम्बन्धित समाचार