Logo

६ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।

आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए । ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो ।


सम्बन्धित समाचार