Logo

६ साउन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले आज ११ वटा मन्त्रालयको छड्के अनुगमन गरेका छन् ।

कार्यालयमा कर्मचारीको लापारबाही बढेपछि मुख्यमन्त्री सिंहले मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको छड्के अनुगमन गरेका हुन । अनुगमनको क्रममा मुख्यमन्त्रीले कर्मचारीहरु कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या रहेको पाइएको मुख्यमन्त्री सिंहले बताए ।

उनका अनुसार आज पहिलो दिन अनुगमन गर्दा कर्मचारीमा धेरै लापरबाही पाइयोे । त्यसपछि देखिएको कमजोरी तत्काल सुधार गर्न सबै कर्मचारीलाई निर्देशन दिएको उनले बताए । कार्यालय समय सुरु भए लगत्तै मुख्यमन्त्री सिंहले ११ वटै मन्त्रालयको निरीक्षण गरेका थिए ।

मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयसहित, अर्थ, गृह, भौतिक, सिचाइ, श्रम, स्वास्थ्य, उद्योग, वन, खेलकुद र शिक्षा मन्त्रालयको निरीक्षण गरेका हुन । अनुगमन गरेका यी ११ वटै मन्त्रालयलाई पत्र लेखेर देखिएको कमीकमजोरी सुधार गर्न गर्न मुख्यमन्त्रीले निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार