Logo

६ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवाद संवैधानिक इजलासमा पठाइएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।

नेपालको संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई उपधारा २ अनुसारै प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक दाबी गरी तीनवटा रिट परेका थिए।

यसमा गम्भीर संवैधानिक विवाद निहित रहेको भन्दै ढकालको एकल इजलासले संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने भनेको हो।

 


सम्बन्धित समाचार