Logo

६ साउन,वीरगञ्ज । नेपाल सुन चाँदी व्यवसायि महासंघको केन्द्रिय सदस्यमा पर्साबाट निर्वाचित सदस्यहरुलाई आज वीरगंजमा भव्य स्वागत गरिएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न दोस्रो बैठकबाट स्थायि आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित बिकाश कुमार सर्राफ र केन्द्रिय सदस्यमा निर्वाचित मनोज कुमार सर्राफ(सतेन्द्र सर्राफ)लाई गहृनगर वीरगंजमा भव्य स्वागत गरिएको हो ।

केन्द्रिय सदस्यद्वव सहित पर्सा सुन चाँदी व्यवसायि संघका अध्यक्ष भुलन सर्राफलाई पनि दोसल्ला, फुलमाला लगाई स्वागत गरिएको थियो । पर्सा सुनचाँदी व्यवसायि संघको अगुवाई कार्यक्रममा सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशका महासचिव, कोषाध्यक्ष लगायत सयौंको सहभागिता थियो

सो अवसरमा नव निर्वाचित केन्द्रिय सदस्यहरुलाई वीरगञ्ज घण्टाघरमा फुलमाला लगाई सोनारपट्टि परिक्रमा गराउदै प्रत्येक पसलहरुमा लड्डु बाडिएको थियो ।


सम्बन्धित समाचार