Logo

६ साउन,काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनर्लेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताएका छन्।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन्। उनले अहिले मुलुकको राजनीतिक अवस्था जटिल मोडमा पुगेको पनि बताए।

उनले संविधान घोषणा भएको समयमा मेचीदेखि महाकालीसम्म जनताले कालो दिवस मनाएको भन्दै जनतामाथि गोली वर्षाएर, जनता मारेर घोषणा गरिएको संविधान पूर्ण नरहेको बताए।

उनले ३ सयभन्दा बढी संशोधन प्रस्तुत भए पनि संशोधन नै नगरी घोषणा गरिएको बताए। उनले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, प्रादेशिक संरचना र क्षेत्राधिकारहरुका विषयमा संविधान संशोधनको आवश्यकता रहेको बताए।

अध्यक्ष यादवले संविधान संशोधन सार्थक रुपले अघि बढ्न आवश्यक रहेको बताए।


सम्बन्धित समाचार