Logo

७ साउन, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गरेको सवाल जबाफ दिने भएका छन् ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री र सांसदबीच संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था गरे पनि नियमित रुपमा त्यसको अभ्यास हुने गरेको छैन।

तयसैगरी आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत छ।

गएको असार ३० गते संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार मात्रै प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।


सम्बन्धित समाचार