Logo

७ साउन, वीरगञ्ज । वीरगन्जको आदर्शनगर स्थित माँ दुर्गा रोड क्यारियर्समा प्रहरीले छापा मारेर भन्सार छलिका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीसमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोली र बिरगंज भन्सार कार्यालयबाट नायव सुब्बा बिष्णु प्रसाद चौधरी सहित खटिएको संयुक्त टोलीले बिरगंज महानगरपालिका वडा नम्बर–१० आदर्शनगर स्थित रहेको माँ दुर्गा रोड क्यारियर्सको गोदाममा अस्ती छापा मारेको हो ।

बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी र भन्सार कार्मचारीहरुको संयुक्त टोलीले छापा मारेर भारतबाट अबैध रुपमा भन्सार छली ल्याएर गोदाममा भण्डारण गरि राखेको २० लाख २ हजार पाँचसय मूल्य बराबरको आलमण्ड, छोकडा, काजु, कपडा तथा मिटमसलाका सामानहरु बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

बरामद गरिएको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।


सम्बन्धित समाचार