Logo

This undated image shows the premises of the Ministry of Home Affairs in Singha Durbar, Kathmandu. Photo: Google maps image

७ साउन, वीरगञ्ज । सामाजिक सुरक्षा भत्ता वितरणका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्रलाई केही खुकुलो बनाईएको छ ।

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरुले अनिवार्य राष्ट्रिय परिचय पत्र बनाउनुपर्ने सरकारको निर्णयलाई केही खुकुलो बनाएर साउन महिनादेखि नै अनिवार्य नगर्ने भएको हो ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै देशभर आएको बर्षाले बाढी पहिरो र डुबानले गर्दा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भईरहेको र राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा समस्या भएको गुनासो आएपछि यसलाई खुकुलो बनाईएको हो ।

अब सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र तत्कालका लागि देखाउन नपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश कुमार भुषालले साउन १ गतेदेखि अनिवार्य गरिएकोमा केही खुकुलो मात्रै बनाईएको बताए ।

उनका अनुसार बर्षातका समयमा सडक बाटोहरु अवरुद्ध हुने र वृद्धवृद्धाहरुलाई आवत जावतमा पनि समस्या भएकोले साउन १ गतेदेखि अनिवार्य भनिएकोमा त्यसलाई केही सहज बनाउन भनेको हो ।

पर्सा जिल्लामा लगभग ६३/६४ प्रतिशत राष्ट्रिय परिचय पत्र वितरणको काम भइसकेको छ । अहिलेका लागि अनिवार्य नचाहिने भएपनि पछिको लागि अनिवार्य नै भएकोले सामाजिक सुरक्ष भत्ता लिने लाभग्राहीहरुको सहजताका लागि साउन महिनाभर केही खुकुलो बनाईएको प्रमुख जिल्ला अधिकारी भुषालको भनाई छ ।

पर्सा जिल्लाको ठोरी र पर्सागढी नगरपालिकामा लगभग राष्ट्रिय परिचय पत्र वितरण सम्पन्न भएको छ । अब जगरनाथपुर, सखुवाप्रसौनी, जीराभवानी, छिपहरमाई लगायतका स्थानीय तहहरुमा जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुको टिम खटिएको छ ।

उनीहरुलाई स्थानीय तहका कर्मचारीहरुले सहजीकरण गरेर राष्ट्रिय परिचय पत्र वितरणको काम भएको प्रमुख जिल्ला अधिकारी भुषालले बताउनुभयो । ठोरी लगायतका पालिकाहरुमा केही छुटेको सूचनाहरु आएको र उनीहरुको लागि सुपौलीमा स्थायी रुपमै राष्ट्रिय परिचय पत्र वितरण गर्ने गरी स्टल राख्ने उनले बताए ।


सम्बन्धित समाचार