Logo

७ साउन, वीरगञ्ज । रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव भएको छ । बढ्दो गर्मीबिच बिरामीका चाँपका कारण केन्द्रमा रगतको चरम अभाव भएको हो ।

अहिले रक्तसञ्चार केन्द्रमा सबै समूहको रगत अभाव भएको छ । तर मुख्यतः४ प्रकारका रगतको भने चरम अभाव भएको केन्द्रले जनाएको छ । रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेका अनुसार अहिले ए पोजेटिभ, बी पोजेटिभ, एबी पोजेटिभ र ओ पोजेटिभ ग्रूपको रगत अभाव भएको हो । गर्मीमा रक्तदान कम हुने र बिरामीहरुको चापले गर्दा रगतको माग बढ्दा रगतको चरम अभाव भएको उनले बताए ।

केन्द्रमा अहिले १२० पोकासम्म रगतको माग छ । प्रत्येक दिन ६० देखि ७० पोकासम्म रगत जाने गरेको तर, रगत संकलन भने न्यून हुदा रगतको अभाव बढ्दो रहेको उनले बताए । चिकित्सकहरुले बिरामीलाई ताजा रगत उपलब्ध गराउन भन्ने र रगतका तत्वहरु समेत लिएर आउन आफन्तलाई खबर गर्ने हुँदा यस्तो समस्या आएको रक्तसञ्चार केन्द्रका राजन श्रीवास्तवले जानकारी दिए ।

चार पाँचजनाबाट रगत एउटा समूहको रगत संकलन हुने गरेको तर, एउटा बिरामी चारपाँच पोकासम्म माग भईरहेको श्रीवास्तवको भनाइ छ । रक्तदानका लागि दाता संस्थाहरुसँग समन्वय भइरहेको पनि श्रीवास्तव बताउँछन् ।

तसर्थ रगतदान गरी जीवनदान गर्न सम्पूर्ण रक्तदाताहरुसँग आग्रह समेत गरिएको छ ।


सम्बन्धित समाचार