Logo

७ साउन, काठमाडौँ । सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टममा समस्या आएको छ ।

सर्भर डाउन भएर काम नहुँदा लाखौं सेवाग्राहीहरू समस्यामा परेका छन् । सवारी जाँचपास, दर्ता तथा नवीकरणका लागि समस्या भोग्नुपरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू बाहेक अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।


सम्बन्धित समाचार